थप ९० जनालाई कोराना संक्रमण भएको पुष्टिः नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो



१३ जेठ, काठमाडौं ।
मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ ।
मन्त्रालयका अनुसार १५५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्