यस्तो छ बागमती प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ)



१३ जेठ, हेटैडा ।
बागमती प्रदेश सरकारले कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष कृषि क्षेत्रमा लगाउने बनाउने नीति लिएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्दै बैंकहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराइने बताउनुभयो ।
प्रदेशभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गरिने बताउदै क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको बताउनुभयो । छ ।

महिलाहरुको स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षणको व्यवस्था गर्ने, मृगौला रोगीहरुका लागि प्रत्येक जिल्ला अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने, प्रदेश मातहत रहेका आयुर्वेद केन्द्रलाई पञ्चकर्म र योग सेवा सहित सुदृढ गर्ने नीति पनि प्रदेश सरकारको छ । प्रदेशभित्र स्वास्थ्य सेवालाई थप सुदृढ गर्न एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याउने प्रदेश सरकारको तयारी छ ।
हेटौडा अस्पतालाई ३ सय शैयाको अस्पतालमा स्तरोन्नती गर्नै, भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १ सय शैयाको विशिष्टिकृत अस्पताल बनाउने, धादिङ र चौतारा अस्पतालाई ५० र रसुवा र रामेछाप अस्पताललाई २५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने नीति सरकारले लिएको छ ।

प्रदेश सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकिकरण र औद्योगीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिने नीति लिएको छ । बागमती प्रदेशले बाँझो जमिनको प्रयोग गरी उत्पादनमा सहयोग पु¥याउन स्थानीय तहको समन्वयमा विशेष प्याकेज ल्याउने, दुध र दुग्धजन्य वस्तु उत्पादन गर्ने किसानलाई प्रतिलिटर १ रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । खाद्य स्वच्छता कायम गर्न कृषि थोक बजारमै विषादीको परीक्षण गरेर पैठारी गर्ने, धान, मकै, गहुँ, कोदो लागयतका बालीको उत्पादकत्व वृद्धिका विशेष अनुदानको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
प्रदेशमा प्रचलनमा रहेका सबै भाषाहरुको प्रवद्र्धन गर्दै पहिलो चरणमा तामाङ र नेपाल भाषाको प्रवर्द्धन गर्न चाहाने सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने नीति पनि अघि सारेको छ । मर्जरमा जाने सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो ।
बेरोजगार बसेका युवाहरुलाई कृषि पेशामा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार कार्यक्रम सञ्चलन गर्ने नीति पनि सरकारले लिएको छ । ‘उद्यमीको हात प्रदेश सरकारको साथ’ कार्यक्रम सञ्चालन गरी बेरोजगार युवा र विदेशबाट फर्किएका युवालाई लक्षित गरी उत्पादन वृद्धिका लागि रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण र सहुलियत ऋणको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
हेटौडाबाट काठमाडौं जोड्ने मदनभण्डारी राजमार्गलाई २ लेनमा स्तरोन्नती गर्ने कामलाई निरन्तरता दिने, पोष्टबहादुर बोगटी सुरुङ मार्ग आयोजनालाई आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने, मुख्यमन्त्री सडक कार्यक्रम अन्तर्गत लोकमार्ग, प्रदेश लोकमार्ग र जिल्ला सदरदुमकामम्म स्थानीय तहको केन्द्र जोड्ने सडकहरु वर्षभरी सञ्चालन हुनेगरी ५ वर्षमा सम्पन्न गरिने भएको छ ।
प्रदेश सरकारले प्रदेभित्र रहेका १ हजार खरको छानालाई जस्ताको छानामा परिणत गर्ने र एक वर्षभित्र प्रदेशका सबै स्थानीय तहका वडाहरुमा विद्युत पु¥याउने नीति लिएको छ ।

(पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्