नेपालमा कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो



१४ जेठ, काठमाडौं ।

बुधबार रौतहटमा एकैपटक थप ३५ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। भारतबाट आएर क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले बताउनुभयो । उहाँका अनुसार संक्रमितहरुलाई जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ।

योसँगै संक्रमितको संख्या ८ सय २५ पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्