सवारी पास दुरुपयोग गर्ने चालक छुटे, गाडी प्रहरीकै  नियन्त्रणमा



१४ जेठ, रामेछाप ।
लकडाउनमा दुई जनाको सवारी पास लिएर १२ जना यात्रु बोकेपछि पक्राउ परेका माइक्रो चालक छुटेका छन् । लिखु तामाकोसी गाउँपालिकाका माइक्रो चालक राजन खत्रीलाई जिल्ला प्रहरीले कार्यालयले रिहा गरेको हो । खत्रीले पास दुरुपयोग गर्दै दुई जना उल्लेख भएको पासमा १२ जना बनाएर काठमाडौबाट रामेछाप यात्रु लिएर आएका थिए । यात्रु लिएर आउने क्रममा जिल्ला भित्र्ने सीमा नाका सेलेघाटमा पासमा केरमेर गरेको पत्ता लगाएपछि प्रहरीले माइक्रो र चालक खत्रीलाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले पासको दुरुपयोग गरेर बढी यात्रु बोक्ने माइक्रो चालकलाई कागज गरेर छोडेको रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘चालकले पासको दुरुपयोग गरेको पत्ता लागेपछि नियन्त्रणमा लिएका थियौ, चालकले यात्रुहरुसँग आफ्नो आफन्त भएको बताएका छन् ।’ उहाँका अनुसार चालक छुटेपनि गाडी भने प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्