रामेछाप जिल्लामा यस बर्ष ५० करोड बजेट बढयो
१६ जेठ, काठमाडौं ।
रामेछाप जिल्लामा गत बर्षको भन्दा यस आर्थिक बर्षमा संघीय सरकारले ५० करोड बढी बजेट उपलब्ध गराएको छ । सरकारले यस बर्षको बजेटमा रामेछाप जिल्लाको लागि ५० करोड बजेट बृद्धि गरेको हो ।
गत बर्ष २०७६÷०७७ को लागि रामेछाप जिल्लाको आठ वटा स्थानीय तहको लागि २ अर्ब ५० करोडको बजेट उपलब्ध गराएको थियो । तर यस बर्ष पचास करोड बृद्धि गर्दै २ अर्ब ९९ करोड ५२ लाख पुर्याएको छ । यस बर्ष मन्थली नगरपालिकाले सबै भन्दा बढी ५७ करोड १९ लाख र सबै भन्दा कम सुनापती गाउँपालिकाले २९ करोड बजेट प्राप्त गरेको छ ।