भारतबाट एक सातामा ९० जना रामेछाप भित्रिए



१७ जेठ, रामेछाप ।
एक साताको अवधिमा भारतमा रोजगारीको सिलसिलामा गएका रामेछापका ९० जना नागरिकहरु जिल्ला फर्किएका छन् । भारत सरकारले रेलको टिकट काटदै सीमासम्म ल्याइ दिएपछि रामेछापका ९० जना जिल्ला फर्किएका हुन् । भारतबाट फर्किएका सबैलाई स्थानीय तहहरुले अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले एक साताको अवधिमा भारतबाट रामेछापका ९० जना नागरिकहरु जिल्ला फर्किएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘भारतबाट आउने सबै नागरिकहरुलाई स्थानीय तहले समन्वय गरेर व्यवस्थित ढंगले ल्याएर १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेका छन् ।’ जिल्ला भित्रने सीमा नाकाहरुमा भारतबाट आएका व्यक्तिहरुको तथ्याकं राख्ने गरेको बताउदै आठ वटै स्थानीय तहसँग समन्वय गरेर भारतबाट आएका नागरिहरुलाई पठाउने गरेको पाठकले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्