रामेछापमा एक युवकले मच्चाए वितण्डाः खुकरीले प्रहार गर्दा युवती गम्भीर घाइते



१८ जेठ, रामेछाप ।
रामेछापमा एक युवकले मध्यराती वितण्डा मच्चाएका छन् । सुनापती गाउँपालिका–५ खनियापानी कटुन्जेका करिब २० बर्षिय युवक कृष्ण कोइरालाले खनियापानीकी १५ बर्षिय रजिता खड्काको घाँटीमा खुकुरी प्रहार गरेर गम्भीर घाइते बताएका छन् । गम्भीर घाइते खड्काले अहिले न्युरो अस्पतालमा उपचार भइरहेको सुनापती गाउँपालिका–५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार खुकुरी प्रहार गर्ने कोइराला पनि अहिले वेपत्ता भएका छन् । दुई जनाको बीचमा प्रेम सम्बन्ध रहेको र आपसी विवादमा युवकले खुकुरी प्रहार गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले गम्भीर घाइते अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरेर उपचारको लागि काठमाडौं पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेका छौं ।’ उहाँका अनुसार राती करिब १ बजे उक्त घटना घटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दाई एकै ठाउँमा सुतिरहेको बेला कोइराला राती उठेर गएको बताइएको छ । वडा अध्यक्ष तामाङले भन्नुभयो,‘घाइते खड्काको कानमुनको भागमा काटिएको छ, गम्भीर अवस्थामा अस्पताल पुर्याएर अहिले उपचार सुरु भएको जानकारी पाएका छौं ।’
कृष्णपुरी मावि कक्षा १० मा अध्ययनरत रजिता खड्का र ड्राभिङ पेश गर्दै आएका कोइरालाबीच प्रेम सम्बन्ध हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्