खकुरी प्रहार गरेपछि बालिकाले चिच्याउदै भनिन–हजुरबा मलाई बचाउनुहोस (भिडियाे)



१७ जेठ, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिका–५ खनियापानीस्थित कटुन्जेमा मध्यराती १५ बर्षिय बालिकामाथि खुकुरी प्रहार भएको छ । कृष्णपुरी मावि रुपाकोटमा कक्षा १० मा अध्ययरत रजिता खड्कामाथि गाउँकै २० बर्षिय कृष्ण कोइरालाले खुकुरी प्रहार गरेका हुन् ।
शनिवार मध्यराती चिच्यादै मलाई बचाउनुहोस भन्दै आवाज आएपछि घरका सबै उठे । बालिकाले चिच्याउदै भनिन–हजुरबा मलाई बचाउनुहोस । घरका परिवार उठेर हेर्न जाँदा बालिका सुतेको खाँट घाँटीमा लागेको चोटको कारण रक्ताम्य थियो । बालिकाले छटपटाउदै भनिन–मलाई कृष्णले खुकुरी हानेर भाग्यो ।’ अनायासै बालिकामाथि खुकुरी प्रहार भएको परिवारमा शुन्यता छायो ।

स्थानीय शिक्षक ईश्वर श्रेष्ठका अनुसार घटना राती १ बजे भएको र बालिकालाई खुकुरी प्रहार गर्दा घाइते भएर होसमा आएपछि गुहार मागेकी थिइन । बालिका छुट्टै घरमा एक्लै बस्दै आएकी थिइन । स्थानीयले बालिकालाई राती नै गाडीमा हालेर अस्पताल पठाएका छन् । वडा अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार गम्भीर घाइते भएकी बालिकाको अहिले न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

तामााङले कुखुरी प्रहार गर्ने कोइरालामाथि कडा कारवाही गर्न प्रहरीसँग माग गर्नुभएको छ । खुकुरी प्रहार गरेर फरार रहेका कोइरालाको प्रहरी र स्थानीय मिलेर खोजी भइरहेको छ । खुकुरी प्रहरबाट घाइते भएकी बालिका र खुकुरी गर्ने कोेइरालाको घर पाँच मिनेटको दुरीमा रहेको शिक्षक श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने कोइराला लिखु हाइड्रोपावरमा गाडी चलाउने काम गर्दै आएका छन् । लकडाउनको कारण उनी घरमा आएका थिए ।

भिडियो शिक्षक रोमन लामाबाट

 

प्रतिक्रिया दिनुहोस्