थप २२६ जनामा कोरोना संक्रमणः नेपालमा कोरोना संक्रमित १७ सय ९८ पुगे



 

१९ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उहाँकाा अनुसार थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्