रामेछापमा खुकुरी प्रहार घटनाः पीडित बालिका भन्छिन–बलात्कार गर्न खोज्दा चिच्याएपछि मलाई खुकुरी हानेर भाग्यो



स्नेहा सिल्वाल
२१ जेठ, काठमाडौं । रामेछाप सुनापती गाउँपालिका–५ खनियापानीस्थित कटुन्जेमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी १५ बर्षिय रञ्जिता खडका् खतरामुक्त भएकी छिन् । घटना घटेको जेठ १८ गते राती नै काठमाडौ ल्याइ पुर्याएको कारण खडकाको समयमा नै गर्दनको अप्रेसन गरेको कारण खतरामुक्त भएकी हुन् । खुकुरी प्रहार गर्ने छिमेककै २० बर्षिय कृष्ण कोइराला भने अहिलेसम्म फरार रहेका छन् । बालिकाको गर्दनको अप्रेसन सफल भएपछि  अहिले नर्मल वार्डमा सारिएको छ ।

हाल अप्रेसन सफल भएपछि कुरा गर्न सक्ने अवस्थामा रहेकी बालिकाले कृष्ण कोइरालाले राती दस बजे दुई पटक फोन गरेर सानाे पँधेराे र नजिकै रहेको घरमा आउन बारम्बार आग्रह गरेको र नगएपछि घरमै आएर बलात्कार गर्न खोजेपछि आफूले प्रतिकार गर्दा खुकुरी हानेर भागेको बताएकी छिन् ।


उनले रामेछाप न्युजसँग भनिन–‘म घरमा एक्लै सुत्थे, हाम्रोबीचमा कुनै सम्बन्ध थिएन, राती दुई पटक फोन गरेर बारम्बार आउन दबाब दियो, मैले राती घरबाट बाहिर आउदिन भनेर सुतेको थिए, तर अचानक जाकेट लगाएर खुकुरी लिएर आएको रहेछ, मलाइ जबरजस्ती गर्न खोजेपछि म चिच्याउन लागे, त्यही बेला मलाई खुकुरी हानेर भाग्यो ।’ उनका अनुसार घटना करिब साढे ११ बजेको भएपनि होसमा आउदा १ बजेको थियो ।
होसमा आएपछि हजुरबुबालाई बोलाएर बचाउनुहोस भनेको बताउदै खडकाले गल्ती नगर्दा पनि आफूमाथि ठूलो बज्रपात आइलागेको बताइन । होसमा हाउदा रगत बगेको देख्दा अत्यास लागेको बताउदै उनले बाँच्ने आशा मारेपनि समयमा नै अस्पताल आएको कारण पुर्नजन्म पाएको बताइन ।
उनले भनिन,‘केही रिसिइबी पनि थिएन, उसले फोन गरेर बोलाएको हो, मैले आउदिन भने कुरा यति नै भएको हो, उसले त मारे भनेर हिडेको हो तर बाँच्न सफल भए । दोषी कोइरालामाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने बताउदै उनले घटना भएको चार दिनमा वितिसक्दा समेत दाेषाी पक्राउ पर्न नसकेको खबर आफूले सुनेको बताइन ।
पीडित रञ्जिताका बुबा रामबाबु खड्काले दोषी कृष्ण कोइरालामाथि कडा कारवाही गर्नुपर्ने बताए । उनले भने,‘मेरो छोरीलाई मार्ने उदेश्यले नै खुकुरी हानेको हो, तर मेरो छोरी बाँच्न सफल भएकी छिन, अब दोषीलाई प्रहरीले जतिसक्दा चाँडो पक्राउ गरेर कारवाही गर्नुपर्छ ।’ रञ्जिता कृष्णपुरी मावि रुपाकोटमा कक्षा १० मा अध्यनरत विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्