जुम्लामा कार्यरत रामेछापका एक पुरुषमा पनि कोराना संक्रमण भएको पुष्टि



२३ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २० पुगेको छ । भारतबाट जिल्ला फर्किएका १७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी जुम्लामा कार्यरत रामेछाप निवासी एक पुरुषमा पनि कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्