रामेछापमा संक्रमित १७ जना नै भारतबाट फर्किएका



२३ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा एकै साथ १७ जना कोरोना संक्रमित भएका सबै जना भारतबाट जिल्ला फर्किएका व्यक्तिहरु रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका डा. आनन्द आचार्यले कोरोना संक्रमण पुष्टि भएका १७ जना नै भारतबाट जिल्ला फर्किएका व्यक्तिहरु रहेको बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘१७ जना भारतबाट आएर सिधै क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन, संक्रमित पुष्टि भएका व्यक्तिहरुले कोही कसैसँग पनि भेट गनुभएको छैन, कसैलाई पनि कोरोना भाइरसको लक्षण पनि देखिएको छैन् ।’ कोरोना संक्रमित पुष्टि हुनेमा लिखु तामाकोसी गाउँपालिकाका ६ जना र गोकुलगंगा गाउँपालिकाका ११ जना पुरुषहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्