रामेछापमा कोरोना संक्रमितको संख्या २० पुग्यो, संक्रमित बसेको क्षेत्रमा सिल



स्नेहा सिलवाल
२३ जेठ, काठमाडौं ।रामेछाप जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २० जना पुगेको छ । आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा २० जनामा कोरोना संक्रमित भएका हुन् ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखु तामाकोसी गाउँपालिका ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । संक्रमित व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याउने प्रक्रिया अगाडि बढेको छ ।
रामेछाप जिल्लामा यस अघि पनि दुई जना कोरोना संक्रमित भएका थिए । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएक थिए ।
आइसोलेसनमा उपचार भएर प्रहरी जवान घर फर्किसकेका छन् । त्यसैगरी जेठ ७ गते कोराना संक्रमित भएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुष पनि नौ दिन पाटन अस्पतालको आइसोलनमा उपचार गरेर स्वास्थ्य भएर घर फर्किएका छन् ।
त्यसैगरी आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रामेछाप स्थायी घर भएर हाल जुम्लामा कार्यरत एक पुरुषमा पनि कोरोना संक्रमण भएको छ । योसँग जिल्लामा कोरोना संक्रमितको संख्या २० जना पुगेको छ ।
१७ जना कोरोना संक्रमित भएसँगै जिल्लाभित्र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमाथि निगरानी बढाइएको छ । रामेछापको आठ वटा स्थानीय तहमा भारतबाट आएका सहित दुई सय भन्दा बढी नागरिकहरु गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

संक्रमित बसेको क्षेत्रमा सिल

रामेछापकाा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमित भएका आसपासको क्षेत्रलाई स्वास्थ्य सतर्कताको लागि सिल गर्ने निर्णय भएको बताउनभुयो । उहाँले आसपासका क्षेत्रका बासिन्दाहरुलाई संममित र संर्तक रहन आग्रह गर्दै आपसपाका क्षेत्रको स्वास्थ्य संवेदनशिलतालाई मध्यनगर गरी ती स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नहुने गरी प्रतिबन्ध लगाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्