गोकुलगंगाबाट फरार कोरोना संक्रमित सुसुरालीबाट पक्राउ
२६ जेठ, रामेछाप ।
रामेछापको गोकुलंगगा गाउँपालिकाबाट फरार रहेका ४९ बर्षिय पुरुष पक्राउ परेका छन् । कोरोना संक्रमित भएको थाहा पाएपछि अस्पताल आउन अस्वीकार गर्दै उनी फरार भएका थिए । गोकुलगंगा गाउँपालिकाको आग्रहलाई अस्वीकार गर्दै फरार रहेका संक्रमित व्यक्तिलाई आज पक्राउ गरेर जिल्ला अस्पताल ल्याइएको छ । तीन दिन अघि प्राविधिक त्रुटीको कारण ११ जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएको भन्दै गाउँपालिकाले विदाइ गरिएको थियो । तर लगत्तै क्वारेन्टाइनमा बसेका ११ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
फरार रहेका कोरोना संक्रमित ४९ बर्षिय बेतालीका पुरुषलाई तीन दिनदेखि प्रहरी र स्थानीयले खोजी गरेपनि पत्ता लगाउन सकेका थिएनन । तर सोमबार दोलखाको तामाकोसी गाँपालिका च्यामामा ससुराली घरबाट स्थानीयले नियन्त्रणमा लिएका थिए । कोरोना संक्रमण भएको जानकारी पाएपछि त्रसित हुँदै ती व्यक्ति शनिबार बिहान रस्नालुबाट भागेका थिए ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले फरार रहेका कोरोना संक्रमितलाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल रामेछापमा पठाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘पानीले निथुक्क भिजेको अवस्थामा आज बिहान च्यामास्थित ससुराली घरबाट नियन्त्रणमा लिएर उपचारको लागि रामेछाप अस्पतालको आइसोलेनसमा पठाइएको छ ।’