बालिकालाई मध्यरातमा खुकुरी प्रहार गरेर फरार भएका रामेछापका कोइराला १२ दिनपछि पक्राउ



२८ जेठ, रामेछाप ।

बालिकालाई खुकुरी प्रहार गर्ने सुनापती गाउँपालिका–५ खनियापानीस्थित कटुन्जेका २० बर्षिय कृष्ण कोइराला पक्राउ परेका छन् । यही जेठ १७ गते मध्य रातमा छिमेकी १५ बर्षिय बालिका रञ्जिता खडकामाथि बलात्कार गर्न खोज्ने क्रममा प्रतिकार गरेपछि ज्यान नै लिन गरी कोइरालाले गर्दनमा खुकुरी प्रहार गरेर फरार भएका थिए ।

फरार रहेका कोइरालालाई स्थानीयको सहयोगमा  खनियापानीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘पक्राउ परेका अभियुक्तलाई कर्तव्य ज्यान मार्ने उद्योग र बलात्कारको गरी दुई वटा मुद्दा चलाउछौ । प्रहरीले १२ दिनपछि प्रक्राउ गरेको कोइरालालाई आज जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । घाइते बालिकाको भने हाल न्युरो अस्पतालमा गर्दनको अप्रेसन गरेर उपचार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्