मन्त्री ढुंगेलको पहलमा सित्खा–आँपचौर–चुल्ठेपानी सडकको कालोपत्रे सुरु



२९ जेठ, रामेछाप ।
रामेछाप जिल्लाभित्रका रणनैतिक सडकहरुको कालोपत्रे धमाधम सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा जिल्लामा आधा दर्जन भन्दा बढी सडकहरु यस बर्षबाट कालोपत्रे सुरु भएको हो ।

लकडाउनकै अवधिमा पनि रामेछापको सित्खा–आँपचौर–चुल्ठेपानी सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । ५८ लाख रुपैयाँमा २ सय ९० मिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको हो । खाँडादवी गाउँपालिका–३ का वडाअध्यक्ष पुष्करकुमार कार्कीले सडक कालोपत्रे सुरु भएपछि वडावासीमा खुसीयाली छाएको बताउनुभयो ।

उहाँका अनुसार बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि कालोपत्रेको कामलाई निरन्तरता दिनेछ । कालोपत्रे सुरु भएको सडकको जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, पूर्वाधार कार्यालय रामेछापका प्राविधिक सहितको टोलीले अनुगमन समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्