रामेछापमा आइसोलेनमा भर्ना गरिएका कोरोना संक्रमितलाई थप उपचारको लागि काठमाडौं पठाइयो



२९ जेठ, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा आइसोलेनमा भर्ना भएका लिखु तामाकोसी गाउँपालिका–७ का २० बर्षिय युवकको ज्वरो नियन्त्रणमा नआएपछि थप उपचारको लागि पाटन अस्पताल पठाइएको छ । कोरोना संक्रमित ती व्यक्तिलाई ६ दिन अघि लिखु तामाकोसी गाउँपालिकाको क्वारेन्टाइनबाट जिल्ला अस्पताल रामेछापको आइसोलेनमा भर्ना गरिएको थियो ।

उनीसँगै भर्ना भएका १६ जना संक्रमितको अवस्था सामान्य रहेपनि वीस बर्षिय ती युवकलाई भर्ना भएकै दिनबाटै ज्वरो आएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘भर्ना भएकै दिनमा ती कोरोना संक्रमित व्यक्तिको ज्वरो १०१ डिग्री थियो, छ दिनका अवधिमा पनि १०१ डिग्रीबाट ज्वरो नघटेपछि थप उपचारको लागि हामीले पाटन अस्पतालमा पठाएका छौं ।’ ती कोरोना संक्रमित भारतबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्