रामेछापमा किसानलाई उन्नत जातको बोका बितरण



२९ जेठ, रामेछाप ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई मन्थली रामेछापद्वारा आर्थिक वर्ष २०७६र०७७ को स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोका बितरण गरिएको छ ।

परियोजनाको कार्यक्रम अनुसार सन्चालन भएको बाख्रा जोन क्षेत्रबाट सुचिकृत भएका मध्ये ३० वटा निजी फर्म, कृषि सहकारी तथा समूहलाई जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको आतिथ्यतामा बोयर जातको बोका बितरण गर्नुभएको हो ।

किसानलाई ब्यवसायिक बाख्रा पालनमा प्रोत्साहित गर्न र जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन यस्ता खाले कार्यक्रम अघि बढाईएको परियोजना कार्यन्वयन इकाई रामेछापका बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले बताउनुभयो । बाख्राको नश्ल सुधार गरी अधिक उत्पादनमा मद्दत पुगोस् भन्ने हेतुले तनहुँको बाख्रा स्रोत केन्द्रबाट उन्नत जातका बोयर बोकाहरू उपलब्ध गराई किसानलाई बितरण गरिएको र भविष्यमा जिल्लामै स्रोत केन्द्रको बिकास गर्ने लक्ष रहेको अधिकृत लम्सालले बताउनुभयो ।

बाख्रा जोन संचालक समितिका संयोजक भिम श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो समारोहको संचालन परियोजना कार्यन्वयन ईकाइ रामेछापका खरिदार बेदराज काफ्लेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्