नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो



३० जेठ, काठमाडौं ।
नेपालमा विगत २४ घण्टामा थप ४४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५ हजार ६२ जना पुगेको छ।

त्यसैगरी थप एक जना कोरोना सक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । संक्रमित मध्ये ८७७ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्