रामेछाप जिल्लाभित्र निजी सवारी साधन चलाउन पाइने,तर मोटरसाइकल पछाडि बस्न नपाइने



३० जेठ, रामेछाप ।
रामेछाप जिल्लाभित्र निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । तर मोटरसाइकलमा भने चालक मात्र बस्न पाउने भएका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र जोर बिजोरको आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मोटरसाइकलको हकमा भने चालक मात्र बस्न पाउने निर्णय भएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय क्राइसिस मेनेजमेन्ट सेन्टको बैठकले जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने निर्णय गरेको हो । जिप्रकाद्धरा जारी निर्णयमा भनिएको छ,‘साइकल र मोटरसाइकलमा चालक मात्र रहने गरी सञ्चालन गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्