बजेटको प्राथमिकता स्वास्थ्य र कृषिः मन्त्री ढुंगेल



३० जेठ, हेटौडा ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७७÷७८ को बजेट कोरोना भाइरस महामारी (कोभिड–१९) बाट सिर्जित बहुपक्षीय असरको निराकरणमा केन्द्रित हुने बताउनुभएको छ । उहाँले कोरोना सङ्क्रमणको चुनौती सामना गर्न प्रदेशको १३ वटै जिल्लामा उच्चस्तरीय प्रविधियुक्त कोरोना अस्पताल र आइसोलेसनकक्ष स्थापना तथा दक्ष चिकित्सकलाई पदस्थापन गर्ने कार्यलाई बजेटले उच्च प्राथमिकता दिने बताउनुभएको हो ।

मन्त्री ढुंगेलले भन्नुभयो,‘पूर्वाधारसहितको गुणस्तरीय स्वास्थ्य पूर्वाधार, निजी क्षेत्रका लागि प्रोत्साहनसहितको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना गर्ने र सबै क्षेत्रमा आधुनिक प्रविधि विस्तार, कृषि उत्पादनमा विविधिकरण, उद्योग विस्तार, पशुपालन तथा सामाजिक सुरक्षामा बजेट केन्द्रित हुन्छ ।’

प्रदेशको १३ वटै जिल्लामा प्रदेशसभाका सदस्यहरुको र स्थानीय तहको मागबमोजिम राष्ट्रिय गौरवको आयोजना, विकास आयोजना र खानेपानी सडक, विद्युतीकरण, स्वास्थ्य उपचार केन्द्रलाई बजेटले विशेष जोड दिएको बताउदै उहाँले हेटौँडा–काठमाडौँ जोड्ने मदनभण्डारी राजमार्गअन्र्तगत पोष्टबहादुर बोगटी, भीमफेदी–कुलेखानी सुरुङमार्गलाई आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले बजेट विनियोजित गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्