संविधान संशोधन विधेयक पारित भएको खुसीयालीमा रामेछापमा दिप प्रज्वलन



३१ जेठ, रामेछाप ।
सरकारले नयाँ नक्सा जारी गरेसँगै संसदमा प्रस्तुत गरेको निशान छाप संशोधनको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको खुसीयालीमा रामेछापमा खुसीयाली मनाउदै दिप प्रज्वलन गरिएको छ । नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भइ भई नेपालको नक्सा र निशान छाप परिवर्तन भएपछि रामेछापको सदरमुकाम मन्थलीमा दिप प्रज्वलन गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु रामेछाप कमिटिको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्