रामेछापमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, जिल्लाभर संक्रमितको संख्या २२ पुग्यो



३२ जेठ, काठमाडौं ।
रामेछाप जिल्लामा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले धुलिखेलमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भएको पुष्टि गरेको हो ।
भारतबाट जिल्ला फर्किएर क्वारेन्टाइनमा बसेका लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाकाका १९ बर्षिय पुरुष र लिखुतामाकोशी गाउँपालिकाका २९ वर्षकै पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

यही जेठ २३ गते शुक्रबार एकैदिन रामेछापको लिखु तामाकोसी गाउँपालिका र गोकुलंगा गाउँपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित १६ जनाको जिल्ला अस्पताल रामेछाप र एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । यसअघि शसस्त्र प्रहरी जवान हाल भक्तपुरमा बसोबास गर्ने एक पुरुष र खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको थियो । दुवै जना उपचारपछि स्वास्थ्य भएर घर फर्किसकेका छन् । त्यसैगरी  यसअघि रामेछाप स्थायी घर भएर हाल जुम्लामा कार्यरत एक पुरुषमा पनि कोरोना संक्रमण भएको छ

प्रतिक्रिया दिनुहोस्