बागमती प्रदेशको प्राथमिकताः स्वास्थ्य कृषि र रोजगारी



१ असार, हेटौडा ।

बागमती प्रदेश सरकारले कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाइ व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सुदृढ गरी नीजि क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गर्दै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संचालनमा ल्याउने भएको छ ।
यस्ता उद्योग स्थापना तथा संचालनका लागि “उद्यमीको हात प्रदेश सरकारको साथ” कार्यक्रम अन्तरगत सहुलियत व्याजदरमा वित्तीय संस्था मार्फत ऋण उपलव्ध गराउने भएको छ ।

वर्षेनी श्रम वजारमा आउने जनशक्ती, विदेशवाट फर्किएका युवा, महिला, वेरोजगार, गरीब समुदायहरुलाई सानो लगानी गरी छीटो उत्पादन हुने तथा स्थानीय र स्वदेशी कच्चा पदार्थहरुको समुचित प्रयोगवाट लघु कुटिर उद्यम संचालनका लागि प्रदेश सरकारको स्विकृत कार्यविधि अनुसार हरेक स्थानीय तहमा ३० लाखको “प्रदेश सरकार लघु उद्यम कोष” स्थापना गरी मेरो उद्यम, अति उत्तम कार्यक्रम” संचालन गरीने आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।

मेरो उद्यम, अति उत्तम कार्यक्रमका लागि महानगरवाहेक ११६ वटा स्थानीय तहका लागि ३४ करोड ८० लाख रकम विनियोजन गरिएको छ । यो कार्यक्रमवाट ३ हजार ४ सय ८० वटा उद्यम स्थापना भई ६ हजार ९ सय ६० रोजगारी श्रृजना हुने अपेक्षा रारिएको छ । आफ्नै श्रोत आफ्नै उद्यम” भन्ने सोचका साथ कृषि, फलफूल, जडिवुटी, हस्तकला वनमा आधारित घरेलु तथा साना उद्योगको संचालनमा सहयोग प्रोत्सहानका लागि प्रविधि हस्तान्तरण गर्न ७ करोड ३२ लाख विनयोजन गरिएको छ । प्रविधि हस्तान्तरण कार्यवाट ७३२ वटा उद्योगको स्तर पुँजीवृद्धि भई १४६४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन ।

प्रदेश भित्रका विपन्न तथा गरीब समुदायका महिला, दलित युवाहरुलाई स्वरोजगार वनाउन लघुउद्यमी संघको सहकार्यमा ४१० जना नयाँ उद्यमी श्रृजना र २७५ जना उद्यमीलाइ स्त्तरन्नतीका लागि रकमको व्यवस्था गरिएको मन्त्री ढुंगेलले वताउनुभयो । रोजगारी तथा दक्ष औद्योगिक जनशक्ति उत्पादन गर्न प्रविधि सहितको प्राविधिक तालिमको व्यवस्था मिलाएको छ । प्रविधि सहितको प्राविधिक तालिमवाट २०० जना दिक्षीत भई रोजगारी प्राप्त गर्ने विश्वास लिइएको छ । बजेटले स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्