रामेछापमा फेरि थपिए कोरोना संक्रमित



२ जेठ, काठमाडौं ।
रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको स्वाब परीक्षण रिपोर्टमा रामेछापका एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले रामेछापमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

योसँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । यसअघि जेठ २३ गते शुक्रबार एकैदिन १७ जना र जेठ ३२ गते आइतबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघि भक्तपुर बस्ने रामेछाप स्थायी घर भएका एक शसस्त्र प्रहरी जवान रामेछापमै घर भएका जुम्लामा कार्यरत एक व्यक्तिमा पनि कोरोना संक्रमण भएको थियो ।

त्यसघि खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुषलाई कोरोना संक्रमण भएको थियो । शसस्त्र प्रहरी जवान र राकाथुमका युवा भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्