थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ हजार नाघ्यो



३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् । नेपालमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्