प्रगतिशिल युवा समाजद्धारा रामेछापको पकरवासमा राहत वितरण



४ जेठ, काठमाडौं ।
खाँडादेवी गाउँपालिका–५ पकरवासमा लकडाउनको कारण जीविका चलाउनै मुस्किल भएका अनाथ र अपाङगता भएका परिवारलाई राहत वितरण गरिएको छ । प्रगतिशिल युवा समाज खाँडादेवीको पहलमा वडा कार्यालयको समन्वयमा पकरवास विपद कोषबाट ६३ जनालाई पहिलो चरणमा राहत वितरण गरिएको हो ।

लकडाउन लागू भएको झण्डै तीन महिना पुग्न लागेको छ । वडाभित्र विपन्न ससमुदायको जीविकोपार्जन सहज बनाउन बेसाहरा र अपाङगता भएका व्यक्रिहरुको पहिचान गरेर राहत वितरण गरिएको प्रगतिशिल युवा समाजका अध्यक्ष राकेश श्रेष्ठे जानकारी दिनुभयो ।

वितरण गरिएको राहतमा चामल १ बोरा चिनी १ केजी, दाल १ केजी, नुन १ केजी, तेल १ लिटर साबुन २ वटा रहेको छ । समाजको पहलमा सुरु भएको पकरवास विपद् कोषमा हालसम्म ६ लाख रुपैयाँ जम्मा भएको श्रेष्ठले जानकारी दिनुभयो । समाजले वडाभित्र रहेको प्रायोश्वर मावि सहितका विद्यालयमा सेनिटाइर पनि वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्