थप ६७१ जना कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय  ४८पुग्यो



४ जेठ, काठमाडौं ।
बितेको २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमित मध्ये १,१८६ जना निको भएका छन भने हालसम्म नेपालमा कोरोनाको कारण२२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्