नेकपा रामेछापका नेता रायमाझीको निधन



५ जेठ, काठमाडौं ।
रामेछाप सुनापती गाउँपालिका वडा नम्बर ४ निवासी नेकपा रामेछापका नेता रामकृष्ण रायमाझीको निधन भएको छ । नेकपा बागमती प्रदेश कमिटी जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य एवं रामेछाप कम्युनिष्ट आन्दोलनका अगुवा रायमाझीको निधन भएको हो । केही दिन अघि उपचारको लागि काठमाडौ ल्याई अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको नेकपा रामेछाप—काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष इकलसिंह तामाङले जानकारी दिनुभयो ।

रायमाझीको शुक्रवार नै पशुपतिमा अन्त्यष्टि गरिएको छ । नेकपाका नेता लिलामणि पोखरेल, राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठ, रामेछापका प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठ, पूर्व सभासद डिल्लीमान तामाङ, नेकपाका नेता टंकलाल घिसिङ लगायतको सहभागीता रहेको थियो । रामेछापका सांसद श्रेष्ठले रायमाझीको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको बताउनुभयो ।

नेकपा सुनापती गाउँकमिटीका अध्यक्ष ज्ञानकुमार योञ्जनले रायमाझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टीले अभिभावक गुमाएको बताउनुभयो । पञ्चायत विरुद्धको आन्दोलन र गणतन्त्र स्थापनाको लागि भएको आन्दोलनमा रायमाझीले भूमिका निर्वाह गर्नुभएको थियो । निधन भएका रायमाझीको एक श्रीमती, दुई छोरा र दुई जना छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्