दोरम्बा गाउँपालिकाभित्र १२ सय जनालाई रोजगारी दिन्छौः अध्यक्ष मोक्तान



५ असार, रामेछाप ।
कोरोना भाइरस (कोभिड–१९)को कारण वैदेशिक रोजगारी र शहरबाट गाउँफर्कने क्रम बढेसँग स्थानीय तहलाई नागरिकहरुलाई रोजगारी सृजना गर्नुपर्ने दबाब बढेको छ । कोरानाको कारण रोजगारी गुमाउदै गाउँ फर्कनेक्रम दिनहुँ बढदै गएपछि स्थानीय तहले पनि रोजगारी सृजना गर्ने नीति तथा कार्यक्रममा जुटेका हुन् ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले यस बर्षको बजेटले गाउँपालिकाभित्र रोजगारी सृजना गर्ने गरी ल्याउने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘यस बर्षको बजेट मार्फत गाउँपालिकाभित्र १२ सय जनालाई रोजगारी दिन्छौ ।’

अध्यक्ष मोक्तानले आर्थिक बर्ष २०७७ । ०७८ को बजेट स्वास्थ्य र कृषि क्षेत्रमा केन्द्रीत हुने बताउदै मुख्य सडकको स्तरउन्नतीको काम बाहेक नयाँ सडक निर्माणको लागि बजेट विनियोजन नहुने बताउनुभयो । उहाँले विदेशमा रहेका नागरिक र शहरबाट गाउँ आएका नागरिकहरुको तथ्याङक संकलन गरी हरेक वडामा कम्तिमा पनि २ सय जनासम्मलाई रोजगारी दिनेगरी कार्यक्रम ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्