सरकारले अब नोट नागरिकता र पासपोर्ट परिवर्तन गर्ने



५ असार, काठमाडौं ।
संसदबाट निशान छाप संशोधन गर्ने प्रस्ताव पारित आजबाट नयाँ निशान छाप प्रयोगमा आएको हो । नयाँ निशान छाप प्रयोगमा आएपछि नोट नागरिकता र पासपोर्ट पनि परिवर्तन गर्नुपर्ने भएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले लेटरप्याड, नागरिकता छपाई सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पासपोर्टमा पनि अब नयाँ निशान छाप्नुपर्नेछ ।

त्यसैगरी सय रुपैँयाको नोटमा रहेको नेपालको नक्सा परिवर्तन गर्नुपर्ने भएको छ । निशान छाप नयाँ लागू भएसँगै सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्समा पनि लोगो परिवर्तन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्