गोकुलगंगा गाउँपालिकाको ९० प्रतिशत बजेट कृषि र स्वास्थ्य क्षेत्रमा खर्च गछौः अध्यक्ष सुनुवार



६ असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले आर्थिक बर्ष २०७७।०७८ को बजेट कृषि र स्वास्थ्य क्षेत्रमा केन्द्रीत हुने बताउनुभएको छ । उहाँले बजेटमा कृषि क्षेत्रको आधुनिकरण गर्दै रोजगारी सृजना गर्ने बताउनुभएको हो । अध्यक्ष सुनुवारले भन्नुभयो,‘९० प्रतिशत बजेट स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा खर्च गछौं ।’
अत्यावश्यक सडकको स्तरउन्नती गर्ने बाहेक नयाँ सडक निर्माण गर्न बजेट नछुटयाइने बताउदै गाउँपालिकाभित्र किबी र आलु खेतीलाई प्राथमिकता दिएर बजेट ल्याइने बताउनुभयो ।
विगतको भन्दा यस बर्ष फरक ढंगले बजेट आउने बताउदै अध्यक्ष सुनुवारले कृषि क्षेत्रमा काम गर्ने युवाहरुले सकेसम्म आधुनिक र सामुहिक ढंगले लाग्नु पर्नेमा जोड दिनुभयो । ‘अब परम्परागत कृषि खेतीबाट फाइदा लिन सकिदैन, गाउँपालिकाले पुँजी र प्रविधि उपलब्ध गराउछ, युवाहरुले जाँगर गरेर काम गर्नु प¥यो ।’

प्रतिक्रिया दिनुहोस्