नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगे



६ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ४९ महिला र २८२ पुरुष छन् । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ६०५ पुगेको छ ।

कूल सङ्क्रमितमध्ये ७५६ महिला र सात हजार ८४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्