रामेछापमा एकै पटक १३ जनाले जिते कोरोना



६ असार, रामेछाप ।
रामेछाप जिल्लामा एकै पटक १३ जनाले कोरोना भाइरसलाई जितेका छन् । १७ दिन अघि कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा भर्ना भएका १३ जना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्ला अस्पताल रामेछापमा भर्ना भएका लिखु तामाकोसी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका १३ व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जिल्ला अस्पताल रामेछापमा भर्ना भएका १८ जना मध्ये १३ जनालाई निको भएको छ, पाँच जनाको उपचार भइरहेको छ ।’ डा. आचार्यका अनुसार सम्बन्धित गाउँपालिकासँगको समन्वयमा निको भएका व्यक्तिहरुलाई डिस्चार्ज गरेर पठाउने तयारी भएको छ ।

कोरोना जितेकोमा १३ जना नै खुसी हुँदै आत्मबल बलियो बनाएको अवस्थामा सहजै जित्न सकिने विश्वास व्यक्त गरका छन् ।

प्रतिक्रिया दिनुहोस्