रामेछापमा कोरोना जितेर खुसी हुँदै ११ जना घर फर्किए



७ असार, रामेछाप ।
कोरोना पुष्टि भएपछि रामेछाप जिल्ला अस्पतालको आइसोलेनमा भर्ना भएका ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला अस्पताल रामेछापले संक्रममितको पिसिआर रिपोर्ट नेगेटिक आएपछि आज ११ जना घर फर्किएका हुन् । भारतबाट आएका गोकुलगंगा गाउँपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १८ दिन अघि अस्पतालमा भर्ना गरिएको थियो ।

जिल्ला अस्पताल रामेछापले गोकुलगंगा गाउँपालिकासँग समन्वय गरेर कोरोनामुक्त भएका ११ जनालाई घर पठाएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताउनुभयो । उहाँका अनुसार कोरोनामुक्त भएका लिखु तामाकोसी गाउँपालिकाका दुई जना भने अस्पतालमै रहेका छन् ।

उहाँका अनुसार जिल्ला अस्पताल रामेछापमा पाँच जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यसैगरी लिखु तामाकोसी गाउँपालिकामा शनिवार कोरोना संक्रमित भएका व्यक्तिहरुलाई भने गाउँपालिकाले क्वारेन्टाइनमै राखेर उपचार सुरु गरेको छ ।

कोरानामुक्त भएका व्यक्तिहरुलाई अस्पतालले धुलिखेल अस्पतालमा परीक्षण गराएको पोजेटिभ रिपोर्ट दिएर विवाद गरेको थियो । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले कोरोना संक्रमित पुष्टि भएको दिन तनाबमा परेपनि अहिले निको भएर घर फर्किदा निकै खुसी लागेको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्