रामेछापको मन्थली नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि



७ असार, रामेछाप ।
रामेछापमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालका अनुसार मन्थली नगरपालिकाका २२ बर्षिय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले मन्थली नगरपालिका–१२ मा क्वारेन्टाइनमा बसेका २२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिलाई जिल्ला अस्पताल रामेछाप ल्याउने तयारी भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितकोको संख्या २६ जना पुगेको छ । २३ जना बाहेक तीन जनाको काठमाडौमा गरिएको पिसिआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको जिल्ला अस्पताल रामेछाप र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्