खाँडादेवी गाउँपालिकाले १५ सय जनालाई रोजगारी दिने



९ असार, रामेछाप ।
कोरोनाको कारण वैदेशिक रोजगारीबाट फर्किनेसँगै शहरमा रहेका युवाहरु पनि गाउँ फर्कने क्रम बढेपछि खाँडादेवी गाउँपालिकाले रोजगारी सृजना गर्ने बजेट ल्याउने तयारी गरेको छ । खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७ ०७८ मा करिब १५ सय जना युवाहरुलाई रोजगारी सृजना गर्ने बजेट ल्याउन लागेको हो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्वास्थ्य कृषि र रोजगारी सृजना गर्ने गरी गाउँपालिकाले बजेट ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,‘कृषिमा सामुहि खेती प्रणालीबाट अगाडि बढाउने नीति लिएका छौ, गाउँपालिकाले प्रविधि र पुँजी दिन्छ, जाँगर युवाहरुले देखाउनु पर्छ ।’
गाउँपालिकाभित्र रहेको ९ वटा वडाभित्र स्वरोजगारको कार्यक्रम सञ्चालन गर्ने बताउदै अध्यक्ष तामाङले कृषि क्षेत्रको आधुनिकरण गरेर मात्र गाउँपालिकालाई समृद्ध बनाउन सकिने विषयमा आफूहरु स्पष्ट रहेको बताउनुभयो । ‘अब गाउँपालिकाभित्रका मुख्य सडकको स्तरउन्ततीको लागि बजेट विनियोजन हुन्छ’,उहाँले भन्नुभयो,‘नयाँ सडकको ट्रयाकको लागि बजेट विनियोजन हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्