रामेछापमा अब साँझ ६ बजेसम्म सरकारी कार्यालय खुल्ने



९ असार, रामेछाप ।
लकडाउनको कारण केही समय नियमित रुपमा सञ्चालन हुन नसकेका रामेछाप जिल्लाका सरकारी कार्यालयहरु अब दुई सिफ्टमा सञ्चालन हुनेभएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्रका सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न पत्राचार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भास्कर दाहालद्धारा जारी सूचनामा भनिएको छ, सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी संस्था तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु (बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिनेछ ।

जारी सूचनामा सेवा प्रदायक निकायहरुले सेवा प्रवाह गर्दा २ मिटरको सामाजिक दुरी कायम गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र कार्यालय परिसरमा स्यानिटाइजर वा साबुन पानीको व्यवस्था मिलाउने गरी सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्