पूरा गर्लान त रामेछापका स्थानीयले तहले गरेको प्रतिबद्धता ?



१० असार, काठमाडौं ।
गाउँगाउँमा सिंहदरवार पुगेको चार बर्षको अवधिमा स्थानीय तहको सरकारले गर्व गर्न लायक काम के गरे भन्ने सबैको चासोको विषय बन्न पुगेको छ । स्थानीय तहको सरकार गठन भएसँगै समृद्धिको नारा सुरुका दिनमा लागेपनि व्यवहारत कार्यान्वयनमा आउन सकेको छैन् । विगतमा जसरी तत्कालिन गाविस हुँदा भागबण्डा गरेर बजेट बाँडफाँड गरिन्थ्यो, अहिले त्यसैगरी नै वडा कार्यालयहरुमा बजेट बाँडफाँड गर्ने परम्पराले निरन्तरता पाउदै आएको छ ।
यस अवधिमा स्थानीय तहले रोजगारी सृजना गर्ने प्रभावकारी कदम चाल्न चुक्यो । किनकी विगतकै मानसिकताले बढी काम गर्न पुग्यो । योजनाबद्ध दिर्घकालिन कार्यक्रम अगाडि बढाएर यो अवधिमा केही परिणामूखी काम गर्न सकिने अवसर स्थानीय सरकारसँग थियो । तर जनप्रतिनिधिहरुमा स्पष्ट योजना र कार्यक्रम अगाडि सार्न सकेनन् ।कर्मचारी प्रशासनकै घेरबाट जनप्रतिनिधिहरु बाहिर निस्कन सकेनन् ।

सुरुको एक बर्षको अवधिमा काुनन निर्माणमा लागेपनि दोस्रो बर्षकाट स्थानीय तहमा विकास निर्माणको कामले गति लिनु पर्ने थियो । तर जनप्रतिनिधिहरुको एउटै बुझाई भयो–विकास भनेको सडक मात्र हो, सडकमै पैसा हाल्नु पर्छ ।’ चार बर्षे अवधिमा स्थानीय तहको अधिकाशं बजेट सडक निर्माण र सडकको स्तरउन्तीमै खर्च गरे । सडक आवश्यकता त हो । तर मुख्य सडकलाई पहिचान गरेर स्तरउन्नती गर्नेतिर भन्दा पनि टोलटोलमा सडक पु¥याउनुलाई नै विकास भन्ने गलत नजिर बस्न पुग्यो ।

एकीकृत रुपमा ठूला योजना स्थानीय तहले तयार गरेर सञ्चालन गर्ने आँट नै गरेको देखिएन । यस बर्ष भने रामेछापका आठ वटै स्थानीय तह आर्थिक बर्ष २०७७ ।०७८ को बजेटमा स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छन् ।
विगतमा कृषि नारामा उच्च स्थानमा परेपनि बजेटमा भने प्राथमिकतामा पर्न सकेन । बार्षिक केही बोटविरुवा र विउविजन बाँडने कामलाई नै स्थानीय तहले प्राथमिकता दिए । जुन काम साविकको गाविस हुँदा गर्ने गरिन्थ्यो । कोरोना भाइरस (कोभिड–१९)को असरसँगै स्थानीय तहको बजेटको प्राथमिकता पनि परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन । तर व्यवहारिक पक्ष भने हेर्न बाँकी नै छ ।

 

के भन्छन रामेछापका स्थानीय तहका प्रमुखहरु ?

न्थली गरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले आर्थिक बर्ष २०७७।०७८ को बजेटमा स्वास्थ्य, कृषि र रोजगारीलाई नै प्राथमिकता दिएर बजेट आउने बताउनुहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कृषिलाई प्राथमिकतामा त राखियो विगतमा कृषिमा बजेटले भनेजस्तो प्राथमिकता पाउन सकेन, नगरपालिकाले पुँजी र प्रविधि दिन्छ भन्दा पनि युवाहरु पनि स्वःस्फूर्त रुपमा तयार भएको देखिएन ।’ सडक मात्र विकास भन्ने बुझाइनमा नै समस्या भयो, सडक आवश्यकता हा,े तर कतिसम्म आवश्यकता हो भन्ने विषयमा हामीले नागरिकहरुलाई पनि बुझाउन सकेनौ, जथाभावी निर्माण गरेको सडकको व्यवस्थापन गर्न नसक्दा थप चुनौतीको सामना गर्नुपर्ने अवस्था सृजना भएको छ, उहाँले भन्नुभयो ।

रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगरले नगरपालिकाभित्र जुनार कागती, लिची लगायतका फुलफुलको राम्रो सम्भावना रहेकाले व्यवसायीक खेती गर्नुपर्नेमा आफूहरुले जोड दिएको बताउनहुन्छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘लकडानले पाठ सिकाएको छ, आवश्यकता धेरै छ, तर हाम्रो प्राथमिकता कृषि मार्फत रोजगारी र स्वास्थ्य क्षेत्रमा लगानी बढाउछौ ।’

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाले कृषि र स्वास्थ्य क्षेत्रमै बजेट केन्द्रीत हुने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नयाँ सडकको ट्रयाक ओपन गर्न अब बजेट विनियोजन हुँदैन, कृषि उत्पादन बढाउने र रोजगारी सृजना गर्ने गरी बजेट आउछ ।’

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषि क्षेत्रमा गाउँपालिकाले लगानी बढाएको बताउदै केही परिणाम पनि देखा परिसकेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कोरोनाले पाठ सिकाएको छ, अबको प्राथमिकता स्वास्थ्य र कृषि नै, अन्य विषयमा पनि प्राथमिकताको आधारमा बजेट विनियोजन हुन्छ ।’ गाउँपालिको गुरु योजना निर्माण गरेर नै काम अगाडि बढाएको अध्यक्ष तामाङ बताउनुहुन्छ ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र कृषिको राम्रो सम्भावना रहेकाले आलु खेती र सुन्तला खेतीमा कृषकहरुलाई आर्कषित गर्ने गरी बजेट ल्याउने बताउनुभयो । सडक यस बर्षको बजेटमा प्राथमिकतामा छैन, गर्नुपर्ने त धेरै छ, तर हामीले प्राथमिकता कृषि र स्वास्थ्य क्षेत्रलाई नै दिएका छौ, उहाँले रामेछाप न्युजसँग भन्नुभयो ।

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले यस पटक समयमा नै बजेट ल्याउने तयारीमा जुटेको बताउदै कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै अन्य विकास निर्माणको काम पनि अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन उत्पादन बढाउने गरी बजेट ल्याउछौ ।’

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले कृषि क्षेत्रबाटै गाउँपालिकालाई आत्मनिर्भर बनाउन यसअघि नै योजना निर्माण गरेर आफूहरु कार्यान्वयनमा जुटेको बताउनुभयो । गाउँपालिकाभित्र कृषि क्षेत्रको राम्रो सम्भावना छ, गाउँपालिकाका जोडने मुख्य सडक कालोपत्रे हुँदैछ, अब बजारसम्म लैजान पनि समस्या छैन, हाम्रो पहिलो प्रचाथमिकता कृषि नै हो’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कृषकहरुलाई बढी भन्दा बढी कृषि क्षेत्रमा प्रोत्साहन गर्ने गरी योजना बनाएका छौ, त्यही अनुसार बजेट ल्याउछौ ।’ अध्यक्ष सुनुवारले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले कृषि र स्वास्थ्य क्षेत्रलाई नै प्राथमिता दिएको बताउदै अन्य विकास निर्माणको काम पनि एकसाथ अगाडि बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘विकास निर्माणप्रति नागरिकहरुको अपेक्षा धेरै छ, गाउँपालिकासँग स्रोत र साधन सीमित छ, भएको स्रोतलाई अधिकत उपयोग गरेर परिणामुखी काम गछौं ।’

प्रतिक्रिया दिनुहोस्