त्रिपालले छोपेर १० यात्रु काठमाडौ लैजान खोज्ने चालक रामेछापमा पक्राउ



१० असार, रामेछाप ।
लकडाउनको मौका छोप्दै रंगको गाडीमा दस जना यात्रुलाई त्रिपालले छोपेर काठमाडौ जैजाने क्रममा जिल्ला प्रहरी कार्यालयले सेलेघाट नाकाबाट चालकलाई प्रक्राउ गरेर मुद्दा चलाएको छ ।
रंग लगायतको ढुवानी सामाग्री रामेछापमा पुर्याएर फर्कने क्रममा बा २१ च ४२८४ नम्बरको बोलेरो गाडीमा चालक गोविन्द उप्रेतीले १० जना यात्रुलाई त्रिपालले सुताएर काठमाडौं लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

गाडी नम्बर लेखाउने क्रममा प्रहरीले शंका लागेर त्रिपाल उठाएर हेर्दा दस जना यात्रुलाई सुताएर काठमाडौ लैजान लागेको फेला पारेपछि चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार यात्रु भएको पत्ता लागेपछि चालकले प्रहरीमाथि अभद्र शब्द प्रयोग गर्दै माथि आफ्नो ठूलो मान्छे भएको भन्दै धम्की दिएका थिए । पक्राउ परेका चाकलाई पाँच दिन म्याद थपेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्