मन्थली नगरपालिकाले बजेट १ अर्ब ७ करोड



११ असार, रामेछाप ।
मन्थली नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । आर्थिक बर्षको लागि नगरपालिकाले १ अर्ब ७ करोड ३९ लाख ७७ हजार भन्दा बढीको बजेट ल्याएको हो ।
मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिडबाट नागरिकलाई बचाउने नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताउदै खाद्यान्न, तरकारी, दुध, मासु र अण्डामा नगरपालिकालाई आत्मनिर्भर बनाउने नीति रहेको बताउनुभयो ।
सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख माया कार्कीले नगरपालिकाको कुल बजेट १ अर्ब ७ करोड ३९ लाख ७७ हजार ७ सय ३८ रुपैँया बजेट प्रस्तुत गर्नुभएको थियो । विनियोजित बजेट मध्ये आन्तरिक चालु तर्फ १२ करोड ६० लाख र सशर्त चालु तर्फ ५४ करोड र सशर्त र निशर्त आयोजना तथा कार्यक्रमको पूँजीगत समेतको लागि ४० करोड ४० लाख रुपैँया विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्