नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, कोरोनाबाट पाटन अस्पतालमा थप एकको मृत्यु



११ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए ।

हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।
त्यसैगरी कोरोना संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । चितवन स्थायी घर भएका ५० वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्