सुनापती गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथाममा खर्च गर्‍यो १८ लाख



१२ असार, रामेछाप ।
सुनापती गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि तीन महिनाको अवधिमा १८ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले २६ वटा क्वारेन्टाइन बेड र ६ वटा आइसोलेसन वेड तयार गर्नको लागि ४ लाख ९७ हजार ३ सय ९२ रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिकाले पाँच वटा वडामा गरी माक्स सेनिटाइजर र साबुनमा ३ लाख ६७ हजार ७ सय तीस रुपैयाँ खर्च गरेको छ । सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले औषधी र सर्जिक सामाग्रीमा ८ लाख ३३ हजार रुपैयाँ खर्च भएको रामेछाप न्युजलाई बताउनुभयो । राहत र उद्धारको शीर्षकमा गाउँपालिकाले ६७ हजार खर्च गरेको छ ।

गाउँपालिकाभित्र रहेको तीन वटा एम्बुलेन्सलाई कोभिडमैत्री बनाउन १० हजार पाँच सय रुपैयाँमा तीन वटा सिट परिवर्तन गरेको बताउदै काफ्लले कोरोना भाइरसबाट बञ्चन गाउँपालिकाले ३३ हजार रुपैयाँ प्रचार प्रसारमा खर्च भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्