सिन्धुलीमा एक महिलाको उपचारको क्रममा मृत्यु, कोरानाको आशंका



१२ असार, सिन्धुली ।

सिन्धुलीमा शुक्रवार एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटुकी वर्ष २१ की महिलाको सिन्धुली अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको हो । अत्याधिक ज्वरो आई स्वास प्रस्वासमा समस्या भएपछि बिहीबार अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको शुक्रवार विहान मृत्यु भएको अस्पताले बताएको छ ।

मृतक महिलामा कोरोनासँग ल्दोजुल्दो लक्ष्णा देखिएकाले कोरोना भाईरसको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । मृतक महिलालाई आइसोलेसनमा राखेर उपचार गर्दै गर्दा मृत्यु भएको सिन्धुली अस्पतालका कोरोना भाइरस फोकल पर्सन डाक्टर प्रशन्नराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार मृत्यु भएकी महिलामा कोरोनाको संक्रमणको लक्षयणहरू देखापरेकाले स्वाब संकलन गरेर पीसीआर टेष्टका लागि शुक्रबार बिहान प्रादेशिक अस्पताल हेटौंडा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्