थप ५९३ कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो



१२ असार, काठमाडौं ।
बितेको २४ घण्टामा नेपालमा काठमाडौंका ३ सहित ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको कूल संख्या २ हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्