लकडाउन आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय



१५ असार, काठमाडौ ।
सरकारले जारी लकडाउनको लम्ब्याउदै साउन ७ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभो ।गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको भएकोमा सोही निर्णयअनुसार जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय भएको कानुनमन्त्री तुम्बाहाङफेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्