रामेछाप नगरपालिकाका १८ सय व्यक्ति विदेशमाः अलपत्र परे सम्पर्क गर्न नगरपालिकाको आग्रह



१६ असार, रामेछाप ।
रामेछाप नगरपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङक संकलन गरेको छ । संघीय सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने निर्णय भएसँगै रामेछाप नगरपालिकाले अध्ययन र रोजगारीमा जाने नागरिकहरुको विवरण संकलन गरेको हो ।
रामेछाप नगरपालिका स्थायी घर भइ १८ सय १० जना विदेशमा रहेका छन् । रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले विदेशमा रहेका आफ्ना नागरिकहरुको विवरण संकलन गरिएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नगरपालिकाको नौ वटा वडामा गरी १८ सय १० जना नागरिकहरु विदेशमा रहेको तथ्याङक हामीसँग छ, अलपत्र परेका नागरिकहरुलाई सम्पर्क आग्रह गरेका छौं ।’ विदेशमा अलपत्र परेका नागरिकहरुलाई संघीय सरकारसँग समन्वय गरेर स्वदेश फर्काइने बताउदै उहाँले आपत विपदमा नगरपालिका जनताको साथमा रहेको बताउनुभयो ।

नगरप्रमुख थापामगरले विदेशमा रहेका १८ सय मध्ये ६ सयदेखि ८ सयसम्म फर्किने पूर्वअनुमान गरेर क्वारेन्टाइनको व्यवस्थापन गरेको बताउनुभयो । कोरोनाको असरको कारण स्वेदश फर्किन चाहने नागरिकहरुलाई स्वदेश फर्काएर स्थानीयस्तरमै रोजगारी दिने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्