नवगठित नेकपा एमालेको उपाध्यक्षमा रामेछापकी खड्का



१७ असार, काठमाडौं ।
निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको लागि निवेदन परेसँगै सर्वत्र चर्चाको विषय बनेको छ । सन्ध्या तिवारीको अध्यक्षतामा गठित नेकपा एमालेमा पूर्व एमालेको खेलकुद विभागकी भगवती खड्का उपाध्यक्ष रहेको खुलासा भएइको छ । मदन भण्डारी ६९ औं जन्म जयन्तीका दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवदेन दिन पुगेकामध्ये खड्का नवगठित पार्टीको उपाध्यक्ष र पूर्व एमालेको खेलकुद विभागको सदस्य रहेको खुलासा भएको हो ।


रामेछाप, मन्थली नगरपालिका–१२, अम्बास बेलीकी भगवती जनयुद्धमा पनि सहभागी भएको पाइएको छ । माओवादीमा बन्दुक बोक्न बाध्य बनाएको भन्दै खडका तीन महिनापछि भागेर घर आएको बताइएको छ ।

एसएलसीपछि पद्म कन्या क्याम्पसमा भर्ना हुनुभएकाे उहाँले ‘नाता बन्धन जिन्दगीको’ सिरियलमा अभिनय समेत गर्नुभएको छ । भारोत्तोलन खेलमा राट्रिय खेलाडीमेत रहनुभएका खडका गायिका समेत रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्