रामेछापमा अब बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म बजार खुल्ने



१७ असार, रामेछाप ।
कलडाउनको कारण बिहान ६ बजदेखि दिउसो १ बजेसम्म मात्र खुल्दै आएको सदरमुकाम मन्थली सहितको बजार अब दिनभर खुला गर्ने निर्णय भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अबदेखि रामेछापका बजार बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गर्ने निर्णय गरेको हो ।

व्यवसायीहरुले राजधानी काठमाडौ सहितको मुख्य बजार दिनभर खुल्ला रहेको अवस्थामा मन्थली सहितका बजार खुला गर्नुपर्ने माग गरेपनि सुरक्षा समितिले बजार दिनभर खोल्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्