संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



१८ असार, काठमाडौं ।

सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक अन्त्य गर्नुहुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्